एशिया कपः भारत-पाकिस्तान म्याच वर्षाले गर्दा रद्द

IMG-20230903-WA0004.jpg

२ सेप्टेम्बरः एशिया कप क्रिकेट टुर्नामेण्टमा भारत र पाकिस्तानबीच म्याच वर्षाले गर्दा रद्द भयो। शनिवार पाल्लेकल इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतीय टीम ४८.५ ओभरमा २६६ रन बनाएर अलआउट भयो। कप्तान रोहित शर्मा र विराट कोहलीसहित शीर्ष ४ विकेट केवल ६६ रनमा गुमाएपछि हार्दिक पाण्ड्या र ईशान किशनले अर्द्धशतक बनाएर टीमलाई असल स्थितिमा पुऱ्याए। हार्दिक पाण्ड्याले ९० बलमा सर्वाधिक ८७ रन (७ वटा चौका र एउटा छक्का) बनाए। यसबाहेक ईशान किशनले ९ वटा चौका र २ वटा छक्काको साथ ८१ बलमा ८२ रन बनाए। शीर्ष क्रममा रोहितले ११, शुभमन गिलले १०, कोहलीले ४ र श्रेयस अय्यरले १४ रन बनाए। यसबाहेक जसप्रीत बुमराहले १६ र रविन्द्र जडेजाले १४ रनको योगदान दिए। पाकिस्तानका बलरहरूमा शाहीन शाह अफरीदीले सर्वाधिक ४ विकेट लिए। यसबाहेक नसीम शाह र हारिस रउफले ३-३ सफलता हासिल गरे। भारतको ईनिंग्स समाप्त भएपछि लगातार वर्षा शुरु हुँदा खेल हुन सकेन। यसैकारण म्याचलाई रद्द गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement