नामथाङ क्षेत्रमा नारीशक्ति समितिको गठन

IMG-20230902-WA0297.jpg

गान्तोक: दक्षिण सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रअन्तर्गत रम्बेङ ग्राम पञ्चायत इकाईको ग्राम प्रशासनिक केन्द्रको सभाघरमा मुख्यमंन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको अध्यक्ष प्रेमसिँङ गोलेको मार्गदर्शन साथै मन्त्री एवम क्षेत्रका बिधायक सञ्जीत खरेलको निर्देशनमा नारी शक्तिका क्षेत्र स्तरीय समान्वय सभा सम्पन्न भयो। नारी सशक्तिकरण गर्दै समिति बिस्तार गर्ने उद्देश्य लिएर महत्वपूर्ण सभा सम्पन्न गरिएको हो। २२ अगस्तदेखि शुरु भएको धारावाहिक सभा आयोजना गर्नुको मुख्य उद्धेश्य पार्टीमा नारी शक्तिलाई बिस्तार गरी अझ बलियो बनाएर लाने साथै नारी शशक्तिकरण गर्नु पर्ने बिषयमा चर्चा-परिचर्चा गर्नु रहेको थियो। क्षेत्रको रम्बेङ निज रम्बेङ ग्राम पंञ्चायत ईकाई साथै सबै ६ वटा वार्डहरूमा नारी शक्तिको कार्यकारणी समिति चयन गर्नु रहेको थियो। उक्त सभामा मंन्त्री खरेलको धर्मपत्नी आशा खरेल मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिईन भने बिशिष्ट अतिथिको रूपमा सिक्किम सरकारको महिला तथा बाल बिकास विभागका अध्क्षक्ष रोमा तामाङ, जिल्ला पञ्चायत मिङमा डेन्डुप शेर्पा, नामथाङ रातेपानी निर्वाचन क्षेत्रको अध्क्षय आरएस.तामाङ, रम्बेङ निज रम्बेङ पंञ्चायत ईकाइका पञ्चायतगण, नारी शक्तिका क्षेत्रीय संयोजिका पूर्ण कुमारी गुरूङ् लगायत सक्रिय नारी शक्तिहरूको उपस्थिति रहेको थियो। आजको सभामा स्वागत सम्बोधन दोङ वार्डको पञ्चायत सन्चमाया गुरुङद्धारा राखियो। सभामा क्षेत्रकी नारी प्रकोष्ठका उपसंयोजिका अमृता राईद्धारा नारी प्रकोष्ठलाई बिस्तार गर्ने उद्देश्य लिएर सभा गरेको बारे बताइन्। यसरीनै सभामा उपसंयोजिका अम्रिता राईद्धारा परिवर्तित सिक्किम क्रांतिकारी मोर्चा पार्टीद्धारा नारीहरुको हितमा के कस्तो कामहरु गरियो यसबारे बताइन्। सभा मा उपस्थिति रम्बेङ निज रम्बेङ ग्राम पञ्चायतका ६ वटा वार्डबाट भारीमात्रामा नारीहरुको उपस्थिति रहेको थियो। ग्राम पञ्चायतको बिभिन्न वार्ड बाट सभामा उपस्थिति जनाएको नारीहरुले पार्टीमा नारी शक्तिलाई कसरी बलियो बनाउन सकिन्छ सोबारे आफनो आफनो सुझाउ राखेका थिए। उक्त समान्वय सभामा ग्राम स्तरीय साथै वार्ड स्तरीय कार्यकरिणी समिति चयन गर्ने क्रममा रम्बेङ निज रम्बेङ ग्राम पंञ्चायत ईकाइको ग्राम पञ्चायत स्तरीय कार्यकरणी समितिहरूको चयन गरियो। ६ वटा वार्डहरूमा पनि कार्यकरिणी सदस्यहरुको चयन गरिएको छ। चयन भएका कार्यकरणी समितिहरूलाई मुख्य अतिथि लगायत बिशिष्ट अतिथिहरूद्वारा बधाई तथा शुभकामना व्यक्त गरियो।

सभा अध्यक्ष आशा खरेलद्धारा हालसम्म क्षेत्र स्तरीय नारी प्रकोष्ठको तत्वावधानमा क्षेत्रमा नारी प्रकोष्ठको सभा गरेको र हाल सम्म ६ वटा ग्राम पञ्चायत इकाईहरुमा नारी शक्तिलाई सशक्तिकरण गर्दै समिति चयन गरेको बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *