सर्वोच्च अदालतले भगौड़ा व्यापारी विजय माल्याको सजायबारे ११ जुलाईमा आदेश सुनाउने

Vijay-Malya

नयाँ दिल्ली: सर्वोच्च अदालतले भगौड़ा व्यापारी विजय माल्याको सजायबारे ११ जुलाईमा आदेश सुनाउने छ। न्यायमूर्ति यूयू ललितको अध्यक्षतामा रहेको बेन्चले यो फसेला सुनाउने छ। माल्यालाई सन् २०१७ मा नै सर्वोच्च अदालतले पैसाको लेनदेनको झूटो जनकारी दिएकोमा दोषी ठहर गरेको थियो। पाँच वर्षसम्म सजायमाथि चर्चाका लागि न त माल्या उपस्थित भए, न नै उनको तर्फबाट कुनै वकील।

१० मार्चमा अदालतले फसेला सुरक्षित राखेको थियो। १० फरवरीमा अदालतले विजय माल्यालाई आफ्नो पक्ष राख्न अन्तिम अवसर दिएको थियो। २४ जनवरीमा अदालतले भनेको थियो, दोषीको प्रत्यर्पण होस् अथवा नहोस्, सजायमा फसेला लिन अब अझ प्रतीक्षा गरिने छैन। दोषीले आफ्नो वकीलको माध्यमद्वारा पक्ष राख्न सक्छन्। अदालतले अदालतको सहयोगका लागि वरिष्ठ वकील जयदीप गुप्तालाई एमिकस नियुक्त गरेको थियो। सुनवाई अवधि विदेश मन्त्रालयले सर्वोच्च अदालतमा भन्यो, ‘माल्याको प्रत्यर्पणको कारबाही अन्तिम चरणमा छl’ ३१ अगस्त २०२० मा अवमाननाको मामिलामा दोषी पाइएपछि यस फसेलाविरूद्ध विजय माल्याको पुनर्विचार याचिकालाई खारेज गरिएको थियो। माल्याले सर्वोच्च अदालतमा अझ एउटा याचिका दर्ता गरे। माल्याले भारतमा आफ्नो सम्पत्ति जफत गर्न ईडीद्वारा शुरू गरिएको कारबाही विरूद्ध याचिका दर्ता गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement