टीएनएमा दुई दिवसीय एल्युमनाइ कार्निभल शुरू

IMG-20230902-WA0290.jpg

गान्तोक: सर टाँसी नामग्याल अकादमीमा आजदेखि दुई दिवसीय टीएनए एल्युमनाइ कार्निवल शुरु भयो। आजको कार्यक्रममा मुख्य अतिथिको रुपमा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा राज्यका शिक्षा मन्त्री केएन लेप्चा, न्यायाधीश भाष्कर राज प्रधान अनि न्यायाधीश मिनाक्षी मदन राई विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए। यस अवसरमा विभिन्न क्षेत्रमा उपलब्धि हाँसिल गर्ने विद्यार्थी अनि टीएनएका शिक्षक शिक्षिकाहरूलाई मुख्य अतिथिको बाहुलीबाट सम्मान जनाइयो।

कार्यक्रमबारे बोल्दै विधायक एवं आयोजक समितिका प्रमुख संरक्षक अदित्य गोलेले यो कार्यक्रमले पूर्व विद्यार्थीहरूलाई फेरि पाठशालामा फर्काइल्याएको बताए। लामो समयको तयारी पछि आयोजित यो कार्यक्रममा प्रायः सबै क्षेत्रमा एउटा पहिचान प्राप्त गरेका पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको जानकारी गराए। यसरी पूर्व विद्यार्थीहरूलाई विद्यालयमा फर्काइल्याउँदा अहिले अध्ययनरत छात्र-छात्राहरूलाई पनि अझ धेरै उत्साह प्राप्त हुने उनले बताए। यति मात्र नभएर सबैले फेरि पुरानो साथीहरूसँग भेटेर भलाकुसरी गर्ने अनि सम्बन्धलाई अझ प्रगाड़ बनाउने अवसर प्राप्त भएको उनले अवगत गराए। दुई दिवसीय कार्यक्रम अवधि विभिन्न व्याचमाझ फुटसल अनि अन्य मनोरञ्जनात्मक खेलहरूको आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement