केबीसीमा भेटियो नयाँ करोडपति

00-1-KBC

नयाँ दिल्ली: ‘कौन बनेगा करोडपति’को १५औं सिजनमा एक करोडपति भेटिएका छन्। कडा परिश्रम गरेर पढेर गाउँ आएका एक व्यक्तिले यो शोमा अहिलेसम्म एक करोड रुपियाँ जितेका छन्। बलिउडका ठूला स्टार अमिताभ बच्चनले यो सिजन होस्ट गरिरहेका छन्। त्यसपछि सात करोडको प्रश्न सोध्नु पर्ने हुन्छ। पञ्जाबको तरनतारन जिल्लाका जसकरण सिंहले ७ करोड रुपैयाँको प्रश्नको सामना गर्नुपर्नेछ। जसकरण आईएएसको लागि तयारी गर्दैछन्। केबीसीको सिजन १५ रमाइलो छ। बिग बीको प्रश्नले कहिलेकाहीँ मानिसको मुटुको धड्कन बढाउँछ। अब जसकरणले ७ करोडको प्रश्नको जवाफ कसरी दिन्छन् त्यो हेर्न बाँकी छ। जसकरणले अहिलेसम्म हरेक प्रश्नको सहि उत्तर दिएर १ करोड रुपियाँ जितिसकेका छन्। रिपोर्टका अनुसार उनी बीएससी इकोनोमिक्स पढ्दै छन्। सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको हो। त्यसमा पोस्ट गर्दै लेखिएको छ कि हरेक कठिनाई पार गरेर पञ्जाबको एउटा सानो गाउँका जसकरण यस गेममा ७ करोडको सबैभन्दा ठूलो प्रश्नमा पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement