ममताको साथ स्पेन यात्रामा सौरभ र सुनील छेत्री सामेल रहने

00-1-Antrashtriy-Samachar-2

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी १२ देखि २२ सेप्टेम्बरसम्म विदेश यात्रामा रहनेछिन्। उनी पहिले स्पेन र त्यहाँबाट दुबई जानेछिन्। यसमा स्पेनको बार्सिलोना शहरमा मुख्यमन्त्रीको कार्यक्रममा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का पूर्व अध्यक्ष एवं टीम इण्डियाका पूर्व कप्तान सौरभ गांगुली सामेल हुनेछन्।यही कार्यक्रममा भारतीय फुटबल टीमका कप्तान रहिसकेका सुनील छेत्री पनि सामेल हुनेछन्।प्रशासनिक सूत्रहरू अनुसार, सौरभ गांगुली कोलकातादेखि र सुनील छेत्री बेङ्गलुरूदेखि स्पेनका लागि प्रस्थान हुनेछन्। सुनील हालमा एक छोराको पिता बनेका छन् र सबै कुरा ठीक रह्यो भने उनी बेङ्गलुरूबाटै बार्सिलोनाको निम्ति प्रस्थान हुनेछन्। यो फुटबलका जादूगर मेस्सीको शहर हो र बंगाली समुदायको भावनाहरू पनि फुटबलप्रति गहिरो जोड़िएको छ। यसैले मुख्यमन्त्री ब्यानर्जीको यस शहरबाट निवेश आकर्षित गर्ने र खेलको माध्यमले औद्योगिकीकरणलाई प्रोत्साहित गर्ने योजना रहेको छ। त्यसैलाई मूर्त रूप दिन सौरभ र सुनील छेत्रीलाई यहाँ बोलाइँदैछ। राज्य सचिवालय सूत्रहरू अनुसार, ममता स्पेनको बार्सिलोनाबाट मार्दिदे जानेछिन्, जहाँ फुटबललाई लिएर क्रेज छ। त्यसपछि उनको दुबई र त्यहाँबाट २३ सेप्टेम्बरमा पुनः कोलकाता फर्किने कार्यक्रम छ। केन्द्र सरकारको तर्फबाट यसको अनुमति पाएपछि ममताको यात्राको तयारीहरू शुरू पनि भइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *