सिलगढी: सिलगढीबाट सिक्किमतर्फ तस्करी गरिँदै गरेको अवस्थामा कफ सिरप र नशालु दवाईहरू भक्तिनगर थानाले बरामद गरेको छ। गोप्य स्रोतबाट सूचना पाएपछि इस्तान बाइपासस्थित मोनोकामना फलोवर मिल नजिकै अपरेशन गरी तस्करलाई पक्राउ गरिएको हो। तस्कर दीपेश तामाङबाट ठूलो परिमाणमा लागुऔषध बरामद उनलाई भोलि जलपाईगुडी अदालतमा पठाइनेछ।