२ सेप्टेम्बरः शीर्ष वरीयता प्राप्त कार्लोस अल्काराजले लोयड हेरिसलाई ६-३, ६-१, ७-६ (४)-ले पराजित गरी सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपनको तेस्रो राउण्डमा प्रवेश गरे। रुसका दानिल मेदवेदेव पनि दोस्रो राउण्डको वाधा पार गर्न सफल भए। यी दुईको साथमा स्विट्जरल्याण्डका ३८ वर्षीय खेलाड़ी स्टेन वावरिंकाले पनि दोस्रो राउण्डको म्याचमा जीत हासिल गरे। वावरिंकाले २०१६-मा यूएस ओपनको खिताब जितेका थिए। उनले अर्जेण्टिनाका थोमस मार्टिनलाई ३ घण्टा ३९ मिनटसम्म चलेको म्याचमा ७-६ (६), ६-८ (७), ६-३, ६-२-ले पराजित गरे। मेदवेदेवले पनि दोस्रो राउण्डमा अष्ट्रेलियाका क्रिस्टोफर ओ कोनोललाई ६-२, ६-२, ६-७ (६), ६-२-ले पराजित गरे। मेदवेदेवले यहाँ २०२१-मा खिताब जितेका थिए।
गत च्याम्पियन स्पेनिश खेलाड़ी अल्काराजलाई दक्षिण अफ्रिकाका २६ वर्षीय प्रतिद्वन्द्वी विरुद्ध शुरुदेखि नै लयमा देखियो। यूएस ओपनको इतिहासमा सबैभन्दा युवा शीर्ष वरीयता प्राप्त अल्काराजले म्याचमा १०-मा ९ वटा ब्रेक पोइण्ट बचाए। टुर्नामेण्टमा अहिलेसम्म धेरै उलटफेर देख्न पाइएको छ। विश्वका नम्बर चार खेलाड़ी होल्गर रुने, नम्बर पाँच केस्पर रुड र नम्बर सात स्टेफानोस सितसिपास उलटफेरको शिकार भइसकेका छन्। यसबीच अमेरिकाका ३८ वर्षीय जन इस्नरलाई उनकै देशका वाइल्ड कार्डधारी माइकल ममोहले ३-६, ४-६, ७-६ (३), ६-४, ७-६ (१०-७)-ले पराजित गरे। यस हारको साथै उनले पेशादार टेनिसबाट सन्न्यास लिए। ६ फूट १० इञ्च अग्लो यस खेलाड़ीले यो उनको अन्तिम ग्राण्ड स्ल्याम हुने अगावै घोषणा गरेका थिए। पत्रकार सम्मेलनमा उनलाई निक्कै भावुक देखियो। उनले पहिला एकलमा अनि पछिबाट युगलमा पनि हारको सामना गर्नु पऱ्यो।
यसरी महिला एकल वर्गमा आर्यना सबालेंका, मेडिसन कीज र एलिना स्वितोलिनाले आ-आफ्नो म्याच जितिन्। सबालेंकाले ब्रिटेनकी बुरेजलाई ६-३, ६-२-ले पराजित गरिन्। साल २०१७-की यूएस ओपन विजेता अमेरिकाकी मेडिसन कीजले बेल्जियमकी विकमेयरलाई ६-१, ६-२-ले पराजित गरिन्। यसबाहेक युक्रेनकी एलिना स्वितोलिनाले अनास्तासियालाई दोस्रो राउण्डमा ५-७, ६-४, ६-४-ले पराजित गरिन्।