पहाडको सत्ता दलले श्रमिकहरूलाई शोषण गर्दैछ – डीके गुरूङ

IMG-20230902-WA0235.jpg

दार्जीलिङ: पहाडलको सत्ता दलले चिया श्रमिकहरूमाथि शोषण गर्ने काम मात्र गर्दै आईरहेको छ भनी हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले आरोप लगाएका छन्। जोइण्ट फोरमले आज दार्जिलिङको लिङ्गिया चिया बगानमा एक सभाको आयोजना गरेको थियो। आयोजित सभालाई हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले सम्बोधन गर्ने क्रममा राज्य सरकार र पहाडको वर्तमान राजनैतिक पार्टीको नेतृत्वहरूले चिया श्रमिकहरूलाई पाँच डेसिमल पट्टा जबर्जस्ती थोप्ने काम गर्दैछ भनी आरोप लगाए। उनले भने, हामीले पट्टाको विरोध गरेका छैनौं। हामीलाई पट्टा चाहिन्छ तर पाँच डेसिमल होइन हाम्रो पिता पूर्खाभन्दा अघिदेखि कमाउँदै आएको सबै जमीनको पट्टा चाहिन्छ तर यहाँ लिनेलाई भन्दा ज्यादा हतार दिनेलाई भएको देखिन्दैछ।’

उनले अघि भने, यो पाँच डेसिमल पट्टाले भविष्यमा तपाई हामीलाई समस्यामा पार्न सक्छ। यो चिया श्रमिकहरूको निम्ति अति नै घातक रहेको छ।’
उनले अझ भने, पट्टालाई लिएर अहिले फारमहरूको वितरण गर्ने कार्यहरू भईरहेको छ अनि वितरण गरिएको फारममा हामीलाई किरायदारको रूपमा राखिएको छ। सरकारले तपाई हामीलाई यो पाँच डेसिमल पट्टा किराईदारको रूपमा दिनु चाहान्दैछ। एक किराईदारले आफु बसेको जमीन बिक्री गर्न सक्दैन। हामी भूमिहीन होइनौं। हामी भूमिसंगै आएका हौं।पहाडमा १८३६ देखि चियाको खेती शुरू भएको हो। पहाडको झार जंगल फाढेर चियाको बिरूवा लगाउने हाम्रै पुर्खाहरू थिए। त्योभन्दा अघिदेखि नै हाम्रो पुर्खाहरूको नाममा एक ऐकर,दुई ऐकर जमीनहरू थिए अनि हाम्रो पुर्खाहरूले त्यसको खजाना तिर्ने गर्थे। पहाडको सत्ता दलको नेतृत्वहरूले जग्गा जग्गामा पाँच डेसिमल पट्टाको फारमहरू वितरण गर्दैछ। वितरण गरिएको फारमको अन्त्यमा पाँच डेसिमल जमीनबाहेक बाँकी जमीनको मालिकाना अधिकार म हुने छुइन भन्ने शब्दको प्रयोग गरिएको छ। जिल्लाधिकारीले मिडिया रिपोर्टमा भन्छ सबै जमीनको पट्टा पाउँछ भनेर भन्छ। तर फारममा हात काटेर दिई सकेपछि कसरी पाउँछ।’

उनले आरोप लगाउँदै भने, भागोप्रमोको पञ्चायत बोर्डहरूले जनताको पक्षमा राम्रो काम गर्नको साटो पाँच डेसिमल पट्टा थोप्ने विषयमा प्रस्ताव पारित गरेको छ यस्ता विषयहरूमाथि जनता होसियार बस्नुपर्छ।पहाडको सत्ता दलले चिया श्रमिकहरूमाथि शोषण गर्ने काम मात्र गर्दैछ। गत २०१७ भन्दा अघि पहाडको चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस पाउँथे तर उनीहरूले चिया श्रमिकहरूको पूजा बोनसलाई दुई किस्तामा गरी दिए यो भन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ भन्दै गुरूङले प्रश्न तेर्साए। २०१७ को एक सय पाँच दिनको बन्दमा सरकारी कर्मचारी, शिक्षक शिक्षिका,नीजि कम्पनीहरूतिर काम गर्ने सवै कर्मचारीहरूले बेतन पाए तर चिया श्रमिकहरूलाई फुटेको कौडी समेत पाएनन् उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement