दार्जिलिङ: दार्जिलिङका एक स्कूलमा कक्षा ९ मा छात्रले आत्महत्या गरेपछि परिवार पक्षबाट उजुरी गरेपछि पुलिसले सञ्चालकलाई पक्राउ गरेको छ।

विद्यालयको र्याफल बेच्न विद्यालयले दबाब दिएपछि १६ वर्षीय किशोरको परिवारले डायरीमा बालकले आत्महत्या गरेको आरोप लगाएको छ। परिवारका अनुसार उनलाई विद्यालयले बेच्नका लागि चारवटा र्याफल पाना दिएका थिए तर पूरै र्याफल बेच्न सकेनन्।

यसका कारण उनलाई पटकपटक घर पठाइएको र विद्यालयमा समेत दुव्र्यवहार भएको परिवारको आरोप छ। न्यायको माग गर्दै सञ्चालकविरुद्ध नाराबाजी गर्दै आज अदालतमा ठूलो भीड जम्मा भएको थियो।