खरसाङमा गोर्खे हाट सञ्चालन गर्नलाई पहल गर्दै पहिलो सभा सम्पन्न

IMG-20230902-WA0225.jpg

खरसाङ: खरसाङमा गोर्खे हाट शुरू गर्नलाई पहल गर्दै आज खरसाङमा पहिलो आधिकारिक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङको गोर्खा जनपुस्तकालयस्थित टीएस गुरुङ मञ्चमा बिजय सेञ्चुरीको अध्यक्षतामा एक सभा सम्पन्न भएको छ। खरसाङमा पनि कालेबुङमा जस्तै गोर्खे हाट शुरु गरिनु पर्ने आवश्यकतालाई हेरेर
यो पहललाई खरसाङका सामाजिक अभियन्ता सन्तु गुरुङको सक्रियतामा शुरू भएको हो। यस सम्बन्धमा राखिएको सभामा गोर्खे हाटको आवश्यकता र औचित्यबारे चर्चा परिचर्चा गरियो। बैठकमा रिम्बिक फ्रेसका स्वामी एवं उद्यमी मिङ्मा गिर्मी शेर्पा, जितु गिरी लगायत सिटोङ मामरिङ तथा खरसाङ वरिपरिका कृषक तथा उद्यमीहरूको उपस्थिति रहेको थियो। सभामा विभिन्न क्षेत्रबाट आएका युवाहरू उद्यमीहरू र जागरूक युवाहरूले आफ्नो आफ्नो मतहरू प्रकट गरेका थिए। सभामा कालेबुङमा जस्तै गोर्खे हाट खरसाङमा पनि शुरु गर्नलाई पहल गरिएको छ।
आजको सभामा सन्तु गुरुङलाई संयोजक चयन गरिएको छ। चाँढ़ै अर्को सभा गरी गोर्खे हाटको कार्य योजनालाई मूर्त्त रूप दिँदै कहिलेदेखि शुरू गर्ने भन्नेबारे निर्णय गरिने भएको छ। त्यतिञ्जेलसम्म गोर्खे हाटका लागि अनुकूल स्थान छनोट गरिने बताइएको छ। खरसाङमा गोर्खे हाट शुरु गरिने विषयमा राखिएको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै बिजय सेञ्चुरीले कालेबुङमा जस्तै खरसाङमा पनि गोर्खे हाट शुरु गर्नलाई पहिलो सभा बसिएको छ र यस सभामा खरसाङ र वरिपरिका युवा उद्यमीहरू उपस्थित रहेका थिए जसले आफ्नो मतहरू प्रकट गरेका थिए भनी बताए। उनले खरसाङमा गोर्खे हाट सञ्चालनको लागि सबैको सहयोग चाहिने बताउँदै आजको सभामा सन्तु गुरुङलाई संयोजक चयन गरिएको छ भने अागामी दिनमा सभा बोलाएर कमिटी गठन गरिने बताएका छन्। उनले खरसाङमा गोर्खे हाट विषयमा प्रशासनिक रूपमा पनि जानकारी गराएर एउटा स्थान चयन गरेर खरसाङमा गोर्खे हाट शुरु गरिने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement