कोलकाताः भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सूर्य अध्ययनको मिशन आदित्य एल-१ लाई सफलतापूर्वक लाञ्च गरेको छ। धरतीदेखि १५ लाख किलोमीटर टाढ़ा I-१ पोइन्डमा स्थित भएर सूर्यको अध्ययन गर्ने यस मिशनको सफलतामा वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले शुभकामना दिएका छन्।
उनले लेखे, भारतको सूर्य नमस्कार। आदित्य एल-१ मिशनको निम्ति इसरोका सबै वैज्ञानिकहरूलाई शुभकामना। यो भारतको पहिलो सौर मिशन हो, जसमा सूर्यको प्रकृतिको अध्ययन गरिनेछ। यसको लामो यात्रा र सफलताको निम्ति धेरै धेरै प्रार्थना छ।
उल्लेख्य, भारतको यो अनौठो मिशन सफलतापूर्वक प्रक्षेपित भएको छ। विकास इन्जिनको माध्यमले आदित्य एल-१ लाई अन्तरिक्षमा पठाएर धरतीको कक्षामा स्थापित गरिएको छ। इसरोले ट्वीट गरी आदित्य मिशनलाई सफलतापूर्वक लाञ्च गरिएको जानकारी दिएको छ।