सीमामा १.२ करोड़को सुनको १६ बिस्किट उद्धार

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको नदिया जिल्ला नजिक भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षाबल (बीएसएफ) को टीमले १९८९.१८० ग्राम ओजनको सुनका १६ बिस्किट उद्धार गरेको छ। यसको अनुमानित दर लगभग एक करोड़ १८ लाख ७५ हजार रूपियाँ मापिएको छ।

बीएसएफको तर्फबाट शनिवार दिउँसो जारी बयान अनुसार, शुक्रवार अबेर राति ठोस सूचनाको आधारमा बीएसएफ जवानहरूले सीमामा जाँच तीव्र गरे। सीमा पारी खेती गर्न गएको एक संदिग्ध व्यक्तिलाई रोकेर उसको तलाशी लिइयो। उसले खाने भाड़ामा सुनका १६ बिस्किट लुकाएर राखेको थियो। उसलाई तुरन्तै हिरासतमा लिइयो।

उसको पहिचान ५२ वर्षीय मनोहर विश्वासको रूपमा गरिएको छ। मनोहर नदिया जिल्लाको हासखाली थाना क्षेत्रको बासिन्दा हो। उसले भन्यो, यो सुन आफ्नै गाउँको हरू घोषलाई पुऱ्याउँदा उसले एक हजार पाउनु तय थियो। उसलाई उद्धार गरिएको सुनको साथ कस्टम विभागलाई सुम्पिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement