सड़क दुर्घटनामा एकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-1

सिलगढ़ीः ट्रकको चपेटमा परी एक स्कूटी चालकको मृत्यु भयो। दुर्घटना शुक्रवार अबेर राति फुलबाड़ी-१ नम्बर ग्राम पञ्चायतको अम्बिकानगर बजार क्षेत्रमा घटेको हो। मृतकको नाम अजीत कर्मकार हो। व्यक्ति स्थानीय निवासी थियो।

दुर्घटनापछि आक्रोशित भीड़ले विरोध स्वरूप बलुवा रोड गरिएको ट्रकमा आगो लगाए। जसबाट क्षेत्रमा तनावको माहोल बन्यो। सूचना पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुग्यो। जसपछि आक्रोशित भीड़लाई रोक्न रेफलाई उतारियो। पछि दमकलको एक इन्जिन घटनास्थलमा पुगेर आगोलाई निभायो। एनजेपी थाना पुलिसले शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल एवं अस्पताल पठायो। पुलिस ट्रक चालकको खोजमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *