जेयूका रजिस्ट्रारलाई धमकीपूर्ण चिट्ठी पठाइयो, पुलिसमा शिकायत दर्ता

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः कोलकाताको जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको ऱ्यागिङको कारण भएको मृत्यु मामिलामा पक्रा परेका आऱोपितहरूलाई लिएर विश्वविद्यालयका रजिस्ट्रार स्नेह मन्जूबसुलाई धमकीपूर्ण चिट्ठी पठाइएको छ।

यस मामिलामा सर्वप्रथम पक्रा परेको पूर्व छात्र सौरभ चौधरीको नामको उल्लेख गर्दै यदि सौरभ दालाई केहीपनि भयो भने यसको परिणाम धेरै नराम्रो हुनेछ लेखिएको छ। संयुक्त रजिस्ट्रार संजय गोपाल सरकारलाई पनि यो चिट्ठी पठाइएको छ। स्नेह मन्जूले भने, धमकीपूर्ण चिट्ठी पाएपछि उनी डराएका छन् र जादवपुर थानामा लिखित शिकायत दर्ता गराएका छन्।

उल्लेख्य, ९ अगस्त मध्य रातमा जादवपुर विश्वविद्यालयमा ऱ्यागिङको कारण स्वप्नदीप कुन्डूको छप्परबाट झरेर मृत्यु भएको थियो। यस मामिलामा १३ जनालाई पक्राउ गरिएको छ। सर्वप्रथम सौरभ चौधरीलाई पक्राउ गरिएको थियो, जो विश्वविद्यालयको पूर्व छात्र हो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement