कालेबुङ: गत शुक्रबार राति कालेबुङ बीएल दिक्षीत रोड संलग्न जुबली स्कूल नजीक एउटा पुरानो घर भत्किएर ढल्दा उक्त घटनामा ४ जना घाईते बनेको थियो भने तिनहरुको उपचार हाल कालेबुङ अस्पतालमा चलिरहेको छ।
यस क्रममा उक्त भत्किएको घरको भग्नावशेष सफा गर्ने क्रममा आज उक्त भग्नावशेषबाट एकजना महिलाको शव उद्धार भएको छ।
उक्त शव कम्सी निवासी सुषमा सुनुवार (सुब्बा) उमेर ३२ बर्षीयको रुपमा चिञ्हित भएको पुलिस सुत्रले जनाएका छन।