प. बंगालका दुई वैज्ञानिक आदित्य-एल १ मिशनमा सामेल, अभियानको महत्वमाथि प्रकाश पारिरहेका छन् यी वैज्ञानिकहरू

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः चन्द्रमामा सफल अवतरण पश्चात अब भारत सूर्यको बनावटको अध्ययन गर्नको लागि तयार भएको छ। भारतको आदित्य- एल १ मिशनमाथि देशको मात्र नभएर सारा दुनियाँको नजर अड़िएको छ। यस मिशनसित पश्चिम बंगालका वैज्ञानिक वरूण विश्वास पनि जोड़िएका छन्। तिनी आदित्य-एल १ मिशनबाट हासिल हुने डेटाको विश्लेषण गर्ने पाँच सदस्यीय दलका सदस्य हुन्।

“हिन्दुस्थान समाचार”-सितको विशेष बातचितमा वरूण भन्छन्, धरतीदेखि १५ लाख किलोमीटर टाड़ा एल-1 पोइन्टमा आदित्य यानलाई पठाइनेछ। यो एउटा यस्तो पोइन्ट हो जहाँ सूर्यको किरण सदैव परिरहन्छ। कुनै ग्रह वा उपग्रको छाया यहाँ पर्दैन। अर्थात यस पोइन्टमा यो यन्त्र स्थापित भएपछि यसमाथि लगातार सूर्यको किरण पर्नेछ जसले गर्दा यहाँ स्थापित यन्त्रको माध्यमबाट सूर्यको बनावट, त्यहाँको वातारण आदिको बारेमा विस्तृत अध्ययन गरिनेछ। वरूणले बताए, यस मिशनको लागि विगत १५ वर्षदेखिकै तयारी शुरू गरिएको थियो। इसरोको यो अत्यन्त महत्वांक्षी मिशन हो, किनभने यो भारतको पहिलो सौर अध्ययन अभियान पनि हो।

उनले बताए, रकेटबाट प्रक्षेपण गरिएपछि चौतर्फी गुरूत्वाकर्षणको कारणले यानले आफ्नो बाटो बिर्सिन्छ। यसैले वैज्ञानिकहरूको एक टीमले लगातार आदित्य-एल १ मिशनको यात्रामाथि नजर राख्नेछन्। यदि आदित्य मिशनले आफ्नो बाटो बिर्सियो भने त्यसलाई श्रीहरिकोटास्थित केन्द्रबाट कमाण्ड पठाएर सही बाटोमा ल्याइनेछ। उनले भने, आदित्य- एल १ मिशनको माध्यमबाट सूर्यको सबैभन्दा बाहिरी आवरणको बनावटको अध्ययन गरिनेछ। त्यहाँ प्रकृति र सौर किरणहरूको प्रकृतिको पनि अध्ययन गरिनेछ। यदि यो अभियान पनि सफल भयो भने भारत अन्तरिक्षको दौड़मा एक कदम अघि हुनेछ।

बंगालकै अर्का वैज्ञानिक दिव्येन्दु नदी पनि यस मिशनसित जोड़िएका छन्। उनले बताए, आदित्य-एल १ मा सात प्रमुख यन्त्र जड़ान गरिएको छ जसमध्ये सोलर अल्ट्राभायलेट इमेजिंग टेलीस्कोपको निगरानी गर्ने जिम्मेवारी उनको हो। सूर्यबाट अत्यनत तेज अल्ट्राभायलेट किरणहरू पनि आउँछन् जुन औधी घातक हुन्छ। यी किरणहरूको अध्ययन र विश्लेषण गर्ने जिम्मा वैज्ञानिक नन्दीको हो। यो पहिलो यस्तो अवसर हो जहाँ भारतले आफ्नो यन्त्रको माध्यमबाट हासिल हुने डेटाको आधारमा सूर्यको बारेमा सही विश्लेषण गर्न सक्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement