उत्तर २४ परगनाको फ्याक्ट्रीमा आगो लाग्यो

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः उत्तर २४ परगनाको बोड़ाई क्षेत्रमा एउटा फ्याक्ट्रीमा शुक्रवार अबेर राति ठूलो आगो लाग्यो। यहॉं भाटपाड़ामा औद्योगिक क्षेत्र छ जहॉं धेरै फ्याट्रीहरू छन्। यस मध्ये एउटा फ्याक्ट्रीमा राति आगो लाग्यो।

सूचना पाएपछि अग्निशमन विभागको एउटा गाड़ी घटनास्थलमा आइपुग्यो र आगोलाई नियन्त्रित गर्ने प्रयास गऱ्यो। तर, सफल नबनेपछि अर्को एउटा गाड़ी पनि घटनास्थलमा आइपुग्यो र लगभग एक घण्टापछि आगोलाई नियन्त्रित गरियो।

घटनामा कसैलाई चोटपटक लागेको सूचना छैन। आगो लाग्नुको कारण अहिले स्पष्ट भएको छैन। सूत्रहरू अनुसार, आगोले लाखौंको सामान जलेर खरानी भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement