गोरामुमो मङपु युनिटद्वारा गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाउने समूह विरुद्ध विरोध

IMG_20220710_174706.jpg

मङपु: गोरामुमो केन्द्रीय समिति युवा प्रवक्ता प्रवेश राई र मङपु गोरामुमो युनिटद्वारा गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाउने समूह विरुद्ध घोर प्रतिवाद जनाएको छ। आज एक पत्रकार सम्मेलन गरेर यसरी गोर्खाहरू विरुद्ध विदेशीको लाञ्छना लगाउने विरुद्ध दिएको बयानको प्रतिवाद जनाएको बताएका छन्। उक्त बयानले सम्पुर्ण गोर्खाहरूलाई नै आघात पुगेको र यसरी बारम्बार विदेशीको लाञ्छना लगाउने गरेकोमा गोरमुमो मङपु युनिटले उक्त बयानको भर्त्सना जनाएको छ।यस प्रेस भेलामा गोरामुमोका युनिट सभापति कैलास पाख्रिन,सचिव रितेश पाख्रिन उपसभापति डी वी राई,गोरामुमो खरसाङ ब्रान्चका सदस्य आरबी प्रधान तथा पार्टी समष्टि प्रवक्ता मिलन शेर्पा उपस्थित थिए।

About Author

Advertisement