सिलगढ़ी: आजदेखि जर्जर अवस्थामा रहेको बारीभाषा भीआईपी रोडको मरम्मती शुरु भएको छ। जसले गर्दा स्थानीय मानिसहरूले राहत महसूस गरेका छन्।
उक्त रोडमा ठूल्ठूला खाड़लहरू रहेकोले दुर्घटनाको समस्या भोग्दै आईरहेको थियो मानिसहरूले।
उक्त रोडको मरम्मती गरिनु पर्ने दाबीमा धेरैपल्ट पथावरोध पनि गर्दै आईरहेको थियो।
तर बल्ल आजदेखि उक्त रोडको मरम्मती कार्य शुरु हुन थालेपछि मानिसहरु हर्षित भएका छन।
सड़कको जर्जर हालत देखेर डाबग्राम फूलबारी तृणमूल कंग्रेसका ब्लक सभापति सागर महन्तले यस विषयमा एसजेडीए चेयरम्यानसित कुरा राखेकोले नै काम शुरु भएको जनाएका छन।
एनजेपी जाने मूल सड़क परेकोले यसलाई महत्वको साथमा मरम्मती कार्य शुरु गरिएको र सड़कको दुवै किनारमा ड्रेन (नाला) पनि गरिने जनाएका छन।