सिलगढ़ी: स्पेशल अपरेशन ग्रुप (एसओजी) र एनजेपी थाना पुलिसले संयुक्त अभियान चलाएर ६२ लाख रूपियाँको ब्राउन शुगरको साथ मालदा जिल्लाको कालियाचक निवासी जिनतुल्ला फिरदौस (५३) लाई पक्राउ गरेको छ।
गुप्त सूचनाको आधारमा हिजो राति एसओजीले एनजेपी थाना पुलिसको मद्दतले फूलबाड़ी क्षेत्रमा संयुक्त रूपमा अभियान चलायो। अभियानमा एक संदिग्ध व्यक्तिलाई हिरासतमा लिइयो। हिरासतमा लिएपछि व्यक्तिको तलाशी लिँदा व्यक्तिदेखि ३०५ ग्राम ब्राउन शुगर उद्धार भयो। जसको अनुमानित बजार मूल्य ६२ लाख रूपिया छ। यसपछि आरोपितलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरियो। आरोपित ब्राउन शुगर बेच्न मालदादेखि सिलगढ़ी आएको थियो। अहिले अघिको कारबाही शुरू गरिएको छ।