सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टःसेण्ट अल्फन्सस र सेण्ट रोबर्ट्स हाई स्कूल ब्लू टीम विजयी

IMG-20230901-WA0239.jpg

१ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को आयोजनमा सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करण आजदेखि शुरु भयो। टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलियो। पहिलो म्याचमा सेण्ट अल्फन्सस स्कूल, खरसाङले सेक्रेड हार्ट स्कूल पोख्रेबुंगलाई सजिलैसँग ७-०-ले पराजित गऱ्यो। सेक्रेड हार्ट स्कूलका अभय थापालाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दोस्रो म्याचमा आयोजक सेण्ट रोबर्ट्स हाई स्कूलको ब्लू टीमले स्नोड्रप स्कूललाई २-०-ले पराजित गऱ्यो। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टको फाइनल २९ सेप्टेम्बरमा खेलिनेछ। आज भएको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा सनराइज स्कूलका निदेशक पेमा लामा उपस्थित थिए। यसरी विशिष्ट अतिथिको रूपमा नोएल लेप्चा (डिस्ट्रिक्ट फिजिकल एजुकेशन अफिसर, दार्जीलिङ) उपस्थित थिए। सेण्ट माइकल्स स्कूल दार्जीलिङद्वारा पेश गरिएको पाइप ब्याण्ड डिस्प्ले र खुकुरी डान्स मुख्य आकर्षण रह्यो।

About Author

Advertisement