विविध कार्यक्रमको माध्यमद्वारा सिलगढीमा पुलिस दिवस पालन

Capture5.png

सिलगढी: राज्यभरिमा झैँ यता सिलगढीमा पनि विविध कार्यक्रमको माध्यमद्वारा पुलिस दिवस पालन गरियो। सिलगढी पुलिस कमिश्नरेट तथा कावाखाली ट्राफिक गार्डको पहलमा आज यस कार्यक्रमको आयोजना गरिएको हो। यस अवसरमा इलाकामा वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरियो। यसबाहेक सेफ ड्राइभ, सेभ लाइफ कार्यक्रमको माध्यमद्वारा सिलगढी पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीले हेलमेट, स्कुल ब्याग र फुटबल वितरण गरे। यस अवसरमा ट्राफिक डीसीपी अभिषेक गुप्ता लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।

About Author

Advertisement