कृषि मन्त्रीले गरे कृषि भवनको छड़्के भ्रमण

IMG-20230902-WA0001.jpg

गान्तोक: कृषि, बागवानी एवं पशुपालन मन्त्री लोकनाथ शर्माले आज तादोङस्थित कृषि भवनको छड़्के भ्रमण गरे। यस अवसरमा उनको साथमा सम्बन्धित विभागका सचिवहरू पनि थिए। भ्रमणअवधि मन्त्रीले सबै विभागका सबै कार्यालयको निरीक्षण गरेर कार्यालयमा उपस्थित अधिकारी र कर्मचारीहरूसित अन्तरक्रिया गरे। कुराकानीको क्रममा उनले अधिकारी र कर्मचारीहरूलाई आ-आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने अपील गरे। विभागमा काम लिएर आउने कुनै पनि सर्वसाधरणले कुनै प्रकारको समस्या झेल्न नपरोस भन्दै उनले कर्मचारीहरूलाई कड़ा निर्देश दिएका छन्।

भ्रमणपछि मन्त्री शर्माले कृषि विभागका सचिवको कार्यालयमा एउटा छोटो बैठकलाई पनि सम्बोधन गरे जसमा विभागका कामकाजको समीक्षा गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement