कोलकाताः पश्चिम बंगाल विधानसभाको मनसून सत्र अहिले जारी छ। शुक्रवार सदनको कार्यवाही अवधि बारम्बार फोनको प्रयोग गरेका विधायकहरूलाई अध्यक्ष विमान ब्यानर्जीले चेताउनी दिए। उनले विधायकहरूद्वारा बारम्बार फोन प्रयोग गरिएपछि रिसाउॅंदै विधानसभाभित्र मोबाइल लिएर प्रवेश गर्न प्रतिबन्धित गरिदिने चेताउनी दिए।
विधानसभाको कार्यवाही अवधि धेरै विधायकहरूको फोनको घण्टी ठूलो आवाजमा बजिरहेको थियो। लगभग चार-पॉंचपल्ट यस्तो भएपछि अध्यक्ष रिसाए। उनले केही विधायकहरू सदनको कार्यवाही अवधि फोन उठाएर कुरा गरिरहेको पनि देखेपछि भने, बारम्बार यस्तो भइरहेको छ। यदि यस्तै चलिरह्यो भने निश्चित रूपमा विधानसभामा मोबाइल फोन लिएर प्रवेश प्रतिबन्धित गरिने छ।
उल्लेखनीय छ, यस अघि पनि यसरी नै मोबाइल फोनको प्रयोगका कारण अध्यक्ष विमान ब्यानर्जीले विधानसभामा मोबाइल प्रयोग प्रतिबन्धित गरिदिएका थिए।
-हिस










