मजदूर ऐन १९९६ कार्यान्वयनलाई लिएर समन्वय सभा सम्पन्न

IMG-20230901-WA0242.jpg

गान्तोकः देशको सर्वोच्च न्यायालयको निर्देशन र श्रम तथा रोजगार मन्त्रालय, भारत सरकारको निर्देशन बमोजिम निर्माण मजदुरहरूलाई रोजगारी दिने प्रतिष्ठानहरूलाई भवन तथा अन्य निर्माण मजदुर ऐन, १९९६ को कार्यान्वयन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो। गान्तोकको एक होटलमा आयोजित कार्यक्रमको अध्यक्षता मन्त्री लोकनाथ नेपालले गरेका थिए। कार्यक्रममा श्रम विभागका सल्लाहकार मनोज प्रधान लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री नेपालले मजदुरको कल्याण हेतु चिन्ता व्यक्त गर्दै सबै प्रतिष्ठानहरुका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रम ऐतिहासिक भएको बताए। उनले कार्यक्रममा छलफल भएका सबै क्षेत्रमा उचित कार्य सम्पादन गरी कार्यक्रमलाई उत्पादनमुखी बनाउनु पर्ने विषयमाथि जोड दिए। उनले आवश्यक परेका र विपन्न श्रमिकका परिवारलाई आर्थिक सहयोगको महत्त्व औँल्याउदै सबै श्रमिकको पञ्जीकरणले प्रतिष्ठानको जवाफदेही रहेको दर्शाएको अनुभव व्यक्त गरे।

उनले मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा रहेको सरकारले उपलब्ध गराउँदै आएको सुविधा र आर्थिक सहयोगबारेमा पनि जानकारी गराए। उनले आ-आफ्नो निर्माण स्थलमा प्राथमिक उपचारको व्यवस्था मिलाउन प्रतिष्ठानहरूलाई आग्रह पनि गरे। उनले स्थानीय सिक्किमेवासीलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने सम्बन्धित निकायलाई सुझाउ दिए। यसै क्रममा सीमा सडक संगठनका ब्रिगेडियर मनोज गुप्ताले आफ्नो सम्बोधनमा विभिन्न क्षेत्रहरूमा उदाहरणीय सहयोग प्रदान गरेकोमा राज्य सरकारप्रति कृतज्ञता व्यक्त गरे। विशेष गरी कोभिड महामारीको समयमा श्रमिकहरूले राज्य सरकारद्वारा प्रदान गरिएको सहयोगबारेमा पनि जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *