भागोप्रमोलाई हाम्रो पार्टीको चुनौती

IMG-20230901-WA0199.jpg

दार्जीलिङ: हाम्रो मुख बन्द गर्नलाई हामी विरूद्ध पुलिस केसहरू गर्दैछ यो मनतव्य हाम्रो पार्टीको युवा एकाई संयोजक राब्गे राईले पोखेको हो। गत केही दिन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय वरिष्ठ कार्यकर्ता एंव अधिवक्ता डीके प्रधानले एक कार्यक्रममा चिया श्रमिकहरूलाई सरदारहरूले ल्याएको हो भन्ने जस्ता शब्दहरू प्रयोग गरेको थियो। डीके प्रधानको बयानमाथि चारैतिर विरोधको लहरहरू छाएको छ। यस सन्दर्भमा गत केही दिन अघि मात्र हाम्रो पार्टीले शहरको चौक बजारमा डीके प्रधानको विरोध जनाउँदै पोस्टरहरू टाँसेका थिए साथै उनको पुत्ला समेत जलाएका थिए। आफु विरूद्ध पोस्टर टाँसेको र आफ्नो पूत्ला समेत जलाएको जानकारी गराउँदै उनले हाम्रो पार्टीको कार्यकर्ताहरू विरूद्ध सदर थानामा मामला दर्ता गरेको थियो। यसै क्रममा हाम्रो पार्टी युवा एकाई संयोजक राब्गे राईले भने कि डीके प्रधानले हामी विरूद्ध मामला दर्ता गर्छ भन्ने हामीलाई त्यति नै बेला भान भई सकेको थियो तिनले भने हाम्रो जातिप्रति कसैले पनि औली उठाउने काम गर्छ भने हामी चूप लागेर बस्ने छैनौ। एक कार्यक्रममा आफ्नो पक्ष राख्ने क्रममा भागोप्रमोको शीर्ष कार्यकर्ता एंव अधिवक्ता डीके प्रधानलाई गोर्खा जातिलाई भडखालोमा हाल्ने काम गरेको छ। उसको मनतव्यले हाम्रो मुद्धालाई धेरै नकारात्मक प्रभाव पर्न सक्छ। यी विषयहरूलाई ध्यानमा राख्दै हामीले माफी मांग्नु पर्ने मांग समेत गरेका थियौ। जाति विरोधीको विरोध गर्दा हाम्रो मुख थुन्नलाई, जनताको आवाज दबाउनलाई हामी विरूद्ध पुलिसमा मामला समेत दर्ता गरेको छ। हामी विरूद्ध मामला दर्ता गर्नेलाई पनि थाहा छ, मैले गलती गरेको छु भन्ने तर पार्टी नेतृत्वको डर र संत्रासले गर्दा कालोलाई कालो अनि सेतोलाई सेतो समेत भन्न सकिरहेको छैन। जाति विरुद्ध काम गरेर माफी मांग्नुको साटो अहंकारी भएर हामी विरूद्ध मामला दर्ता गर्ने कामहरू गरी रहेको राईले बताए। मैले हिज नै भनी सकेको छु, यदि मलाई जन्म दिने मेरो आफ्नै बाउले पनि जाति विरोधी बोल्छ भने म उसको पुत्ला जलाउन पनि पछि सर्ने छुइन। राईले थप अझ भने डरको माहौल बनाएर हाम्रो मुख कसैले पनि थुन्न सक्दैन। जति मुद्धा हाल्नु हुन्छ हाल्नु होस।जसले जातिलाई भडखालोमा हाल्न खोज्छ उसको विरोध हामी गरी नै बस्ने छौ। त्यसरी नै हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता गोपाल परिवारले भागोप्रमोको नाम लिँदै तपाईहरूले हामीहरूलाई जति नै दबाउने काम गर्नु होस तर हामी दविने छैनौ। हामी एकै जना भए पनि जातिको विरोध गर्नेहरू विरुद्ध आवाज उठाई रहने छौ। भागोप्रमोले बंगाल सरकारसंग मिलेर जातिलाई दबाउने काम गर्दैछ, त्यही चिया श्रमिकहरूको भोट पाएर जीटीएको चौकीमा पूगेको छ तर त्यही चिया श्रमिकहरूलाई तपाईहरूले अवहेलना गर्नु हुदैछ। जो कदापी न्याय संगत छैन परियारले भने। सरकारसंग मिलेर चिया श्रमिकहरूलाई केवल पाच डेसिमल पटटा दिने काम गर्नु हुदैँछ। तपाईको यो प्रयास गोर्खाहरूलाई शरणार्थी बनाउने षडयन्त्र हो परिवारले भने तपाईहरूले हामी विरूद्ध जति नै पुलिस केस गर्नु होस तर हामी डराउने छैनौ, जातिको निम्ति हामी प्राणको आहुति दिनु पनि तयार छौ गोपाल परियारले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement