उगेनलाई जिताउन विधायक ढुङ्गेल सक्रिय

IMG-20230901-WA0245.jpg

गान्तोक: राष्ट्रीय टीभी च्यानल सोनी टीभीबाट प्रत्येक शनिबार आइतबार प्रसारण गरिने रिएलिटी शो-को १३औं स्थानमा रहेका सिक्किमको छोरो उगेन नामग्याल भोटियालाई भारीमतले विजयी गराउनु पर्ने विधायक जीटी ढुङ्गेलले आग्रह गरेका छन्। आज पाँच माइलस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युबीएन सपोर्ट ग्रुपका मुख्य संरक्षक ढुङ्गेलले मुख्यमन्त्री प्रेम सिंह तामाङको दिशा निर्देश बमोजिम हिजो मात्र युएनबी सपोर्ट ग्रुपको गठन गरिएको जानकारी गराए। हाल राज्यका कलाकारहरूले विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरिरहेका छन् भने उनीहरूको कलालाई राष्ट्रीय साथै अन्तराष्ट्रीयस्तरमा पुऱ्याउनको निम्ति मुख्यमन्त्री स्वयंले यस प्रकारको पहल शुरू गरेको उनले अवगत गराए। यसै क्रममा मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले भोटियालाई एकजनाले पचास पल्टसम्म भोट गर्न सकिने अवगत गराए। उनलाई प्रत्येक शनिबार र आइतबार भोट गर्नुपर्ने र भोटिङ लाइन सोमबार बिहान आठ बजीसम्म खुल्ला रहने जानकारी गराए। यस अवसरमा एसकेएम पार्टीका सक्रिय युवा योगेन तामाङले पनि पत्रकारहरूलाई सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement