कालचिनीः कालचिनी खण्डको लोथाबारी ग्राम पञ्चायतको बोर्ड गठन आगामी ४ सेप्टेम्बरको दिन हुने तय भएको छ। यसबीच तृणमूलबाट टिकट नपाएर निर्दलीय उभेर पञ्चायत जितेर बसेकी गोपा बोसले भाजपालाई सहयोग गर्न लागेकी थिईन तर तृणमूल र भाजपाबीचको द्वन्द्वले बोर्ड गठन स्थगित भएकोले आगामी ४ सेप्टेम्बरको दिन बोर्ड गठन हुने तय छ। यस अघि निर्दल प्रार्थी गोपा बोसले शुक्रबार आफू पहिलादेखि तृणमूलको सैनिक रहेकोले तृणमूल आफ्नै घरमा फर्कि आएको भन्दै तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवको उपस्थितिमा दलमा पुनः सामेल भएकी छन्।
तृणमूल पार्टी कार्यालयमा ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत जिल्ला महासचिव असीम पाखरीन, लोथाबारी अञ्चल सभापति परिमल सरकार, हैदर अली अन्सारी एवम् अन्यान्य नेतृत्वहरुको उपस्थितिमा निर्दल प्रार्थी गोपा बोसले पार्टीको झण्डा ग्रहण गरेकी छन्। यता ब्लक सभापति बिरेन्द्र बारा उराँवले आगामी ४ सेप्टेम्बरको दिन लोथाबारी ग्राम पञ्चायतको बोर्ड गठन हुने र यसमा तृणमूलको बोर्ड बन्ने सुनिश्चित रहेको ठोकुवा गरेका छन्।