दार्जीलिङ: पुलिस केस गरेर भागोप्रमोले हाम्रो मुख थुन्ने प्रयास गर्दैछ भनीवहाम्रो पार्टीको युवा एकाई को-अर्डिनेटर राब्गे राईले आज बताएका छन्।गत केही दिन अघिलभारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय वरिष्ठ कार्यकर्ता एंव अधिबचवक्ता डीके प्रधानले एक चर्चा कार्यक्रममा चिया श्रमिकहरूलाई सरदारहरूले ल्याए को हो भन्ने जस्ता शब्दहरू प्रयोग गरेको र डीके प्रधानको बयानमाथि चारैतिर विरोधको लहरहरू छाएको भन्दै यस सन्दर्भमा गत केही दिन अघि मात्र हाम्रो पार्टीले शहरको चोक बजारमा डीके प्रधानको विरोध जनाउँदै पोस्टरहरू टाँसेका थिए साथै उनको पूचुत्ला समेत जलाएका थिए। आफु विरूद्व पोस्टर टाँसेको र आफ्नो पुत्ला समेत जलाएको जानकारी गराउँदै उनले हाम्रो पार्टीको कार्यकर्ताहरू विरूद्व सदर थानामा मामला दर्ता गरेको बताइएको छ। सदर थानाले उक्त मामलाको आधारमा हाम्रो पार्टीको कार्यकर्ताहरूलाई आज थानाले हामीलाई समन जारी गरेका थिए अनि हामी आयौं भनी राब्गे राईले बताएका छन्। हाम्रो पार्टी युवा एकाई कोअर्डिनेटर राब्गे राईले डीके प्रधानले हामी विरूद्व मामला दर्ता गर्छ भन्ने हामीलाई त्यति नै बेला भान भई चसकेको थियो। हाम्रो जातिप्रति कसैले पनि औंली उठाउँने काम गर्छ भने हामी चुप लागेर बस्ने छैनौं। एक कार्यक्रममा आफ्नो पक्ष राख्ने क्रममा भागोप्रमोको शीर्ष कार्यकर्ता एंव अधिवक्ता डीके प्रधानलाई गोर्खा जातिलाई भड्खालोमा हाल्ने काम गरेको छ अनि उसको मन्तब्यले हाम्रो मुद्दालाई धेरै नकरात्मक प्रभाव पर्न सक्छ यी विषयहरूलाई ध्यानमा राख्दै हामीले माफी मांग्नु पर्ने मांग समेत गरेका थियौं। जाति विरोधीको विरोध गर्दा हाम्रो मुख थुन्नलाई जनताको आवाज दबाउनलाई हामी विरूद्व पुलिसमा मामला समेत दर्ता गरेको छ। हामी विरूद्व मामला दर्ता गर्नेलाई पनि थाहा छ। मैले गलती गरेको छु भन्ने तर पार्टी नेतृत्वको डर र संत्रासले गर्दा कालोलाई कालो अनि सेतोलाई सेतो समेत भन्न सकि रहेको छैन।जाति विरूद्व काम गरेर माफी मांग्नुको साटो अहंकारी भएर हामी विरूद्व मामला दर्ता गर्ने कामहरू गरिरहेको राईले बताए।उनले अघि भने, मैले हिज नै भनी सकेको छु,यदि मलाई जन्म दिने मेरो आफ्नै बाउले पनि जाति विरोधी बोल्छ भने म उसको पुत्ला जलाउन पनि पछि सर्ने छुइन। डरको महौल बनाएर हाम्रो मुख कसैले पनि थुन्न सक्दैन। जति मुद्दा हाल्नु हुन्छ हाल्नु होस,जसले जातिलाई भड्खालोमा हाल्न खोज्छ उसको विरोध हामी गरी नै बस्नेछौं राईले भने। त्यसरी नै हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता गोपाल परियारले भागोप्रमोको नाम लिन्दै भने, तपाईहरूले हामीहरूलाई जति नै दबाउने काम गर्नु होस तर हामी दबिने छैनौं। हामी एकैजना भए पनि जातिको विरोध गर्नेहरू विरूद्व आवाज उठाई रहनेछौं।भागोप्रमोले बंगाल सरकारसंग मिलेर जातिलाई दबाउने काम गर्दैछ। त्यही चिया श्रमिकहरूको भोट पाएर जीटीएको चौकीमा पुग्नु भएको छ। तर त्यही चिया श्रमिकहरूलाई तपाईहरूले अवहेलना गर्नु हुँदैछ जो कदापी न्याय संगत छैन।’
उनले अघि भने, सरकारसंग मिलेर चिया श्रमिकहरूलाई केवल पाँच डेसिमल पट्टा थोप्ने काम गर्नु हुँदैछ तपाईको यो प्रयास गोर्खाहरूलाई शरणार्थी बनाउने षडयन्त्र हो।’
परियारले अझ भने, ‘तपाईहरूले हामी विरूद्व जति नै पुलिस केस गर्नु होस् तर हामी डराउने छैनौ,जातिको निम्ति हामी प्राणको आहुति दिनु पनि तयार छौं।’