सभासद सतीश पोखरेलले मानेभञ्ज्याङ क्षेत्रमा गएर नेपालको सब्जी रोक्नु उनको अधिकारमा पटक्कै छैन, यो केन्द्रको विषय हो: भाजयुमो जिल्ला अध्यक्ष निरज राई

IMG-20230901-WA0216.jpg

दार्जिलिङ: नेपाल अधिराज्यको सिमा क्षेत्र  वा वरिपरि बसोबास गर्नेहरु माझमा हाम्रो  सामाजिक र साँस्कृतिक मेल मिलाप सदियौंदेखि हो। कुनै अन्तर्राष्ट्रिय सिमा क्षेत्रको देखरेख गर्ने दायित्व केन्द्रीय सरकारको हो। राज्य र जिटीएको होइन। यो सब्जेक्ट नै केन्द्रीय सरकारको हो भनी भारतीय जनता युवा मोर्चा दार्जिलिङ जिल्ला समितिको अध्यक्ष निरज राईले आज एक प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्। उनले उक्त विज्ञप्तिमा भनेका छन् – सिमा क्षेत्रलाई निगरानी गर्न त्यहाँ कस्टम, बीएसएफ, पुलिस राखिएको हुन्छ।जीटीएको सभासद के हो? त्यो सिमा क्षेत्रका अधिकारीहरुले वास्ता राख्दैनन्। नेपाल छिमेकी देशबाट गरीब नेपालीहरुले हाम्रो आवश्यकता पूरा गर्न साथै उनीहरुका परिवारलाई गुजारा चलाउन सब्जी ल्याउने गरेको हो। नेपालका हाम्रो छिमेकीहरुले सब्जी ल्याएर कुनै राष्ट्रद्रोही काम गरेका छैनन्।’
भाजयुमो दार्जिलिङ जिल्ला समिति अध्यक्ष निरज राईले अघि भने, ‘सभासद सतीश पोखरेलले मानेभञ्ज्याङ  क्षेत्रमा गएर सब्जी रोक्नु उनको अधिकारमा पटक्कै छैन।’
निरज राईले आरोप लगाउँदै भने, ‘पोखरेलले जुन कार्य गरे यो धिक्कारपूर्ण छ। यो लुटपाट गर्ने प्रवृत्ति हो। कमिशनधारी प्रवृत्ति हो। सतिश पोखरेलले नेपालका सब्जी व्यापारीहरुलाई उनको अफिसमा बोलाएर पैसा मागेको, धम्की दिएको घटना निन्दनीय छ। यस्तो जनप्रतिनिधिलाई तुरुन्तै अनित थापाले हटाएको उचित हुनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement