गान्तोकः सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा पोषण माह कार्यक्रम आयोजना गरियो। यस अवसरमा सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल धिराज सुवेदीले विभागका अधिकारीहरूलाई शपथ ग्रहण गराए।
कार्यक्रमलाई सम्बोधन गर्दै सीडीपीओ गौरी तामाङले शपत ग्रहण समारोहको महत्वबारे प्रकाश पारिन्। विभागले सन् २०२३ को लागि मिलेट मिसन लगायतका गतिविधिलाई लाभान्वित गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको उनले जानकारी गराइन्।