सरकारले घरको निम्ति ५ डेसिमल पट्टा दिलाउने सुविधा दिँदैछ अनि दखल गरिएको जमीन सरकारले लाने छैन: जिल्लापाल एस पुनबल्लम

IMG-20230901-WA0215.jpg

दार्जिलिङ: दार्जीलिङ जिल्लाका जिल्लापाल अनि जीटीएको मुख्य सचिव एस पुनबल्लमको ५ डेसिमल जमीनको पट्टा वितरणमाथि आज दार्जिलिङमा पत्रकार सम्मेलन बोलाएर आफ्नो बयान दिएका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, माननीय मुख्य मन्त्रीको नेतृत्वमा घडेरी पट्टा वितरण गरिने योजनाको अधिसूचना निकालिएको छ। यो योजना उत्तर बंगालको चिया बगानहरुको निम्ति हो। यो घडेरी पट्टा हो। यदि कसैको जमीन छैन भने उसलाई खाली जमीन उपलब्ध गराइनेछ। अधिसूचना अनुसार अहिले सर्भे चल्दैछ।जसकोमा ५ डेसिमलभन्दा बेसी जमीन छ, त्यो जमीन सरकारले कुनै पनि दखल जमीन लिने छैन।
जसकोमा जति दखल जमीन छ ती सबै श्रमिककै हातमा रहनेछ। हामी केवल घरको निम्ति ५ डेसिमल जमीनको पट्टा दिँदैछौं।’
उनले अघि भने, ‘जीटीए चिफले अहिले कृषि पट्टाको निम्ति पहल शुरु गरेका छन्। जुन दिन कृषि पट्टाको योजना आउनेछ तब कृषि पट्टामाथि काम शुरु गर्नेछौं। घडेरी पट्टा वितरण प्रक्रियाको कार्य धेरै ठाउँमा चल्दैछ। यो व्यक्तिगत सुविधा हो। हामी कसैलाई जबर्जस्ती गर्दैनौं। जसले यो सरकारी सुविधा लिनु चाहन्छ उहाँहरूले यो सुविधा उपभोग गर्नु सक्नु हुनेछ। सुविधा लिनु चाहनु हुनेहरूलाई हामी सरकारी निर्देश अनुसार सुविधा उपलब्ध गराउनेछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement