सीड सेलमा युएनबी सपोर्ट ग्रूपको समन्वय सभा

IMG-20230901-WA0241.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा आज तादोङ स्थित सीड सेलको प्रेक्षागृहमा एक सभा सम्पन्न भयो। उक्त सभामा रिएलिटी शो-इन्डिया गट ट्यालेन्टको शीर्ष १३ मा पुग्न सफल बनेका उगेन नामग्याल भोटियालाई भोट दिएर विजयी गराउनको निम्ति अपील गरियो। उनलाई पुर्ण समर्थन गर्न राज्यको तर्फबाट एक शीर्ष टोलीको समन्वय सभा मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतको विशेष उपस्थितिमा सम्पन्न भयो। सभामा युएनबीलाई जिताउनको निम्ति विभिन्न संघ- संस्था, संस्था प्रमुख साथै एसकेएम पार्टीको विभिन्न भातृ संगठनका प्रमुख सदस्यहरूलाई आमन्त्रित गरिएको थियो। सोनी टेलिविजनमा हरेक शनिबार र आईतबार राति ९ बजे प्रसारित हुने इण्डियाज गट ट्यालेण्टमा सिक्किमे छोरो उगेन नामग्याल भोटिया (युएनबी)ले पनि आफ्नो प्रस्तुति दिईरहेका छन् भने उनलाई भारी मात्रामा भोट दिएर विजयी बनाउन मुख्यमन्त्रीको विशेष मार्गदर्शन र निर्देशन रहेको छ। मुख्यमन्त्रीले यस्ता उज्जवल नक्षत्रहरूलाई उनीहरूको लक्ष्यमा पु-याउन समर्थन र प्रोत्साहन प्रदान गर्न सदैव आफ्नो पक्षबाट योगदान पु-याउँदै आइरहेका छन् भने हरेक सम्भव सहयोग पनि प्रदान गरिरहेका छन्। मुख्यमन्त्रीले राज्यका प्रतिभावान कलाकारहरूलाई राष्ट्रीय तथा अन्तराष्ट्रिय मञ्चहरूमा पठाएर उनीहरूलाई हौसला र प्रेरणा प्रदान गर्दै आईरहनुभएको छ भने भर्खरै मात्र अन्तर्राष्ट्रिय स्तरमा राज्यका प्रतिभाशाली युवाहरूले विजयी हासिल गरेर सिक्किमको नाम रोशन पारेका छन् भने युएनबीलाई पनि इण्डिय़ाज गट ट्यालेण्टमा जिताउन मुख्यमन्त्री स्वंय लागिपरेको सभामा जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement