पुलिस अधिकारीहरूलाई सम्मान

bd907efe-0e17-438b-baa9-062801549c07

कालचिनीः शुक्रबार पुलिस दिवसको उपलक्ष्यमा कालचिनी ब्लक तृणमूल युवा कंग्रेसको पक्षबाट कालचिनी थाना प्रभारी टीएन लामा लगायत एसआई औ एएसआई एवम् थानाका सम्पूर्ण पुलिसकर्मीहरूलाई फूलको गुच्छा र खदा पहिराएर बधाई दिने कार्य गरिएको कालचिनी ब्लक तृणमूल युवा कंग्रेसको सभापति पवन योल्मोले दिएका छन्।
यस अवसरमा पुलिसकर्मीहरूलाई समाज र नागरिकको कानुनी अधिकारको सचेतना साथै आईन श्रृंखला कायम गरेर आउने पुलिसकर्मीले पनि यसरी पुलिस दिवसमा रमाउन पाउन पर्ने र उनीहरुलाई यसदिन धन्यवाद ज्ञापन गर्नु पर्ने जिम्मेदार नागरिक समाजको कर्तव्य रहेको पवन योल्मोले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement