कालचिनीः प्रधान पदमा दुईजनाको नाम क्रमैले पेमा लामा र कमल लामा। यी दुवैमा एकजना जयगाउँ एक नम्बर ग्राम पञ्चायतको प्रधान पदमा दावेदार रहेको थियो भने गत ११ अगस्तको दिन बोर्ड गठनको प्रक्रियामा नै बीडीओले कमल लामाको नाम प्रधानको निम्ति लिन खोज्दा पेमा लामा समर्थकहरूले रड़ाको मच्याएको थियो भने सो दिन बोर्ड गठन स्थगित गरिएको थियो। प्रायः तीन सप्ताह पश्चात शुक्रबार पुनः बोर्ड गठन प्रक्रिया चलिरहेकोबीच कालचिनी बीडीओले कमल लामाको नाम लिफामा रहेको देखाउँदा यसमा पेमा लामा समर्थकहरूले भोटिङको माग गरेको थियो तर बीडीओले केही नबोलिकन् वाहन चढ़ेर निस्कन खोज्दा पेमा लामा स्वयंले बीडीओको वाहन रोक्ने चेष्टा गरेको थियो।
यसबीच परिस्थिति तनावपूर्ण बनेको थियो भने पेमा लामा समर्थकहरूले बीडीओ चोरको नारा लगाएको थियो। पार्टीबाट पहिला पेमा लामालाई प्रधान बनाईने कुरा चलेकोले नै पेमा लामा प्रधान बन्ने सुनिश्चित थियो तर कमल लामा जो पहिला पनि प्रधान नै थिएको समर्थन स्वयं बीडीओले गर्दा आक्रोशित तृणमूल समर्थकहरूले बीडीओले पैसा खाएर कमल लामालाई प्रधान बनाएको आरोप समेत कसेका छन्। यता पार्टी अधिकारिक सुत्रले यसबारे कुनै मन्तव्य स्पष्ट गर्न नचाहेको देखिएता पनि अन्ततः बीडीओले कमल लामालाई प्रधान बनाएकोले जयगाउँ एक नम्बर ग्राम पञ्चायतमा कमल लामा नै प्रधान निश्चित रहेको स्पष्ट भएको पर्यवेक्षकहरूको भनाई छ।