जी-२० का अतिथिहरूलाई पस्किने विशेष खाना

00-1-G-20-Food

नयाँ दिल्ली: जी-२० मा आउने १९ देशका प्रतिनिधिहरूका लागि तयार गरिएको खाना धेरै तहहरू पार हुनेछ। खानामा प्रयोग हुने कच्चा पदार्थको छानबिनसँगै पकाएर यसको नमूना पनि लिइनेछ। कच्चा वस्तुको ल्याब रिपोर्ट आएपछि मात्र खाना पकाउन प्रयोग हुनेछ। यो रिपोर्ट दुई घण्टामा आउनेछ। खाद्य सुरक्षा विभागको टोलीले भान्साको सरसफाई र अन्य मापदण्ड पनि हेर्नेछ। खाद्य सुरक्षा विभागका अनुसार विभिन्न होटलका लागि दुई एफएसओको ड्युटी लगाइएको छ। यी होटलहरूमा प्रयोग हुने सबै खाद्यवस्तुको नमूना लिई परीक्षण गरिनेछ। सामान्यतया यो परीक्षण रिपोर्ट प्राप्त गर्न १५ दिन लाग्छ। तर, ती नमूनाको रिपोर्ट दुई घण्टाभित्र प्रयोगशालाबाट आउनेछ। यो परीक्षण मसलादेखि तेलसम्म सबै प्रकारका खाद्यवस्तुको हुनेछ। खाद्य सुरक्षा विभागको टोलीले भान्साकोठा र भाँडाकुँडाको सरसफाईको पनि परीक्षण गर्नेछ। त्यसपछि मात्र त्यहाँ खाना पकाउने प्रक्रिया शुरु हुनेछ।

खाद्य सुरक्षा विभागका अधिकारीका अनुसार खाना पकाएपछि पनि प्रोटोकलबमोजिम खाना खानुअघि त्यसको नमूना लिई सुरक्षित राखिनेछ। ताकि आवश्यक परेमा यसको जाँच गर्न सकियोस्। यो काम खाद्य सुरक्षाको सट्टा पुलिस विभागको टोलीले गर्नेछ। उनीहरुका लागि तीन दिनअघि बैठक बसेको थियो। उक्त बैठकमा पुलिस टोलीलाई यी नमूना लिने विधिबारे जानकारी दिइएको थियो। प्रतिनिधिमण्डल बसेको होटलमा मात्रै नभई कार्यक्रम र अन्य भोजका लागि पनि यस्तो व्यवस्था गरिएको हो। यसको अर्थ प्रतिनिधिहरूका लागि बिहानको खाजा, दिउँसो, बेलुकाको खाना वा खाजा र हाई चियाको व्यवस्था भए पनि सोही प्रक्रिया अपनाइनेछ। यी सबै ठाउँका लागि एफएसओ टोली गठन भइसकेको छ। यो प्रक्रिया हरेक बिहान खाना पकाउने समय भन्दा अढाई देखि तीन घण्टा अघि शुरु हुन्छ। परीक्षण पछि, कुनै पनि वस्तु भान्सा भित्र जाँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement