त्रिलोक सुब्बा र अदिति सुब्बाको मुख्यमन्त्रीसँग भेट

IMG-20230901-WA0244.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज ताइक्वाण्डो कोच त्रिलोक सुब्बा र अदिति सुब्बासँग उनको निजी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्रीले शुभकामना व्यक्त गर्दै आगामी च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै सफलताको पाइलामा लागिरहन हौसला प्रदान गरे। उल्लेखनीय छ, गत केही दिन अघि दक्षिण कोरियामा सम्पन्न १६औँ विश्व ताइक्वाण्डो एक्सपो २०२३ मा त्रिलोक सुब्बा र उगेन गुरुङले क्रमशः मास्टर्स र पहिलो सिनियर विधामा स्वर्ण पदक हासिल गरेका थिए। उनीहरु खुल्ला राष्ट्रिय ताइक्वाण्डो च्याम्पियनसिपमा सहभागी जनाउन पुन् राँची जाने भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement