कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले उत्तर २४ परगनाको दत्तपुकुर ब्लास्ट मामिलामा विस्फोटक सप्लाई गर्ने मुख्य आरोपितलाई समाएको छ। उसको नाम मोहम्मद नजरूल इस्लाम बताइएको छ। उसलाई बिहिवार अबेर साझँ दमदम हवाई अड्डा बाहिरबाट पक्राउ गरिएको छ।
एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले शुक्रवार जानकारी गराए, बिहिवार अबेर साझँ ठोस सूचना पाइएपछि एसटीएफको टीमले दमदम हवाई अड्डा बाहिर घेराबन्दी गरी मोहम्मद नजरूल इस्लामलाई पक्राउ गऱ्यो। आरोपितको भाग्ने योजना थियो। २९ अगस्त एसटीएफको टीमले उत्तर २४ परगनाको बारासात र अन्य क्षेत्रमा धेरै ठाउँ विसफोटकको खोजमा छापा मारेको थियो। तब १२ चक्के पाँच वटा ट्रकमा भारी विस्फोटक उद्धार गरिएको थियो। जाँचमा यी सबै ट्रक मोहम्मद नजरूल इस्लामकै हुन् भनी थाहा लाग्यो।
दत्तपुकुर ब्लास्टपछि पुलिसदेखि जोगिनका लागि उसले धेरै ट्रकहरूमा विस्फोटकहरू भरेर बाहिर निकाल्ने योजना बनाएको थियो। यहीमध्ये पाँच ट्रकलाई समाइएको छ। आरोपित पक्रा परेपछि त्यससित सोधपुछ गरी उसले कहाँबाट विस्फोटक ल्याउने गरेको र उसका अन्य साथीहरूबारे पत्तो लगाइँदैछ।
-हिस