आजदेखि खरसाङमा द्वारे सरकार र पराई समाधानको क्याम्प शुरु

IMG-20230901-WA0205.jpg

खरसाङ: पश्चिम बंगालको विभिन्न योजनाहरू र सेवाहरू जनतालाई प्रदान गर्नलाई खरसाङ क्षेत्रमा फेरि द्वारे सरकारको क्याम्प शुरु भएको छ। यसपाली खरसाङ क्षेत्रमा द्वारे सरकार र पराई समाधानको क्याम्प आज १ सेप्टेम्बरदेखि शुरू भएको छ। यो क्याम्प खरसाङ नगरपालिका क्षेत्रका सबै वार्डहरूका लागि यसपाली ८ दिनसम्म क्याम्प चल्ने भएको छ। उक्त द्वारे सरकार र पराई समाधानको क्याम्प आज लगायत ४ सेप्टेम्बर, ५ सेप्टेम्बर, ७ सेप्टेम्बर, ८ सेप्टेम्बर, ११ सेप्टेम्बर, १२ र १३ सेप्टेम्बरमा बिहान १० बजेदेखि ४ बजेसम्म द्वारे सरकार र पराई समाधानको क्याम्प आयोजना गरिने भएको खरसाङ महकुमा शासक कार्यालयबाट जानकारी गराइएको छ। खरसाङ नगरपालिका क्षेत्रका लागि यसपाली पनि खरसाङको राज राजेश्वरी गर्ल्स स्कूल र स्नो भ्युमा क्याम्प राखिने भएको छ। यसको अतिरिक्त खरसाङ नगरपालिकाको वार्ड नम्बर १ देखि ३ सम्म मोबाइल क्याम्प पनि आयोजना गरिने भएको छ।

यी सबै क्याम्पहरूमा पश्चिम बंगाल सरकारको ३५ वटा सेवाहरू उपलब्ध हुनेछन् जसलाइ जनताले सेवा लिन सक्ने बताइएको छ। यी क्याम्पहरूमा यसपाली नयाँ सेवाको रूपमा वृध्द भत्ता र श्रमिकहरूका पञ्जीकरण पनि गरिने भएको छ। यी सबै सेवाहरू भएपछि जनतलाई वितरण गर्नलाई १८ देखि २७ सेप्टेम्बरको समयभित्र सबै वितरण गरिने जानकारी प्राप्त भएको छ। यसपालीको द्वारे सरकारको क्याम्पको पहिलो दिन धेरैले सरकारको विभिन्न योजनाहरूमा निवेदन गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement