रविन्द्र भारतीका पाँच छात्राहरूसित ऱ्यागिङको आरोप, प्राथमिकी दर्ता

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः जादवपुर विश्वविद्यालयमा ऱ्यागिङले एक प्रथम वर्षको छात्रको मृत्युपछि खड़ा विवादबीच अब कोलकाताको रविन्द्र भारती विश्वविद्यालयमा दुई शिक्षकहरूमाथि पाँच छात्राहरूसित ऱ्यागिङको आरोप लागेको छ। यसको लिखित शिकायत दर्ता गराइएको छ। विश्वविद्यालयका अन्तरिम कुलपति शुभ्र कमल मुखर्जीले शुक्रवार यसबारे जानकारी दिए।

उनले भने, एन्टी ऱ्यागिङ समितिलाई यस सम्बन्धमा तत्काल जाँच गरी कारबाही गर्ने निर्देश दिइएको छ। छात्राहरूले आरोप लगाएका छन्, उनीहरूलाई न केवल शारीरिक तर मानसिक रूपमा पनि प्रताड़ित गरिएको छ। यस सम्बन्धमा सिन्थी थानामा शिकायत दर्ता भएपछि पुलिसले यसको जाँच शुरू गरेको छ। पाँचै छात्रा हिन्दी विभागका हुन् र यही विभागका दुई प्रोफेसर विरूद्ध शिकायत दर्ता गराइएको छ।

पहिले विश्वविद्यालयका छात्राहरूले नै उनीहरूको साथ ऱ्यागिङ गरे, जसपछि शिकायत दर्ता गर्न जब उनीहरू अन्तरिम कुलपतिकहाँ गइऱहेका थिए त्यहाँ पुगेका छात्राहरूले उनीहरूसित दुर्व्यवहार गरेको र दुई अध्यापकहरूले पनि ती छात्राहरूको साथ दिएको आरोप छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement