अवैध रूपमा सीमा नाघेको समय पक्रा पऱ्यो बांग्लादेशी युवक

कुचबिहारः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ९८औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट (बीओपी) पनिसलाका सीमा पुलिसहरूले अवैध रूपमा सीमा नाघ्दै गरेको एक बांग्लादेशी युवकलाई समाएका छन्। पक्रा परेको बांग्लादेशी युवकको पहिचान बांग्लादेशको जिल्ला लालमोनिरहाट निवासी मोहम्मद अनिचूर रहमान (२५) को रूपमा गरिएको छ।

बीएसएफ अनुसार, पक्रा परेको युवकले सोधपुछमा बतायो, युवक दिसम्बर २०२२ मा अवैध दस्तावेजहरूको साथ आईसीपी चेङ्गराबान्धाबाट भारत पसेको थियो। जसपछि अन्तरराष्ट्रिय सीमाको नबारेको हिस्साबाट अवैध रूपमा बांग्लादेश जान चाहन्थ्यो किनभने उसको वैध दस्तावेजको अवधि समाप्त भइसकेको थियो। पक्रा परेको युवकदेखि ‘गवर्नमेन्ट अफ पीपल्स रिपब्लिक अफ बांग्लादेश‘ द्वारा जारी केवल एक अस्थायी राष्ट्रिय आईडी कार्ड उद्धार गरियो, जसको नम्बर ‘‘७३५४५९०२४७‘ (जारी गरेको मिति- १८/०८/२०१८ र समाप्ति मिति- १८/०८/२०२०) छ। पक्रा परेको बांग्लादेशी युवकलाई अघिको कारबाहीको निम्ति मेखलीगञ्ज थानालाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement