कोलकाताः पश्चिम बंगालका विभिन्न जिल्लाहरूमा अवैध पटेका कारखाना चलिरहेको लगातार शिकायतहरू आएपछि राज्य प्रशासनले विशेष रणनीति अपनाउने निर्णय लिएको छ। अब इन्टेलिजेन्स ब्यूरो (आईबी) का अधिकारीले प्रत्येक जिल्लामा यस्ता अवैध कारखाना विरूद्ध अभियान चलाउनेछ। हालमा बारासातको दुत्तपुकुरमा आइतवार बिहान विस्फोटमा दश जलेको शव उद्धार गरिएको थियो। वरिपरिका धेरै घर पनि क्षतिग्रस्त भएका थिए। त्यस घरभित्र अवैध तरीकाले बम बनाउने गरेको आरोप छ।
मुख्य सचिव हरिकृष्ण द्विवेदीले जिल्लाधिकारीहरूलाई अब कुनैपनि पटेका कारखानालाई जिल्ला स्तरबाट लाइसेन्स नदिइयोस् भनेका छन्। नवान्नले यस सम्बन्धमा पुलिस अधीक्षकहरूलाई पनि चेताउनी दिएको छ। मुख्य सचिवले इन्टेलिजेन्स ब्यूरो वा आईबीको निगरानी बढ़ाउने र खाँचो परेमा सबै कारखानाहरूमा छापा मार्ने निर्देश पनि दिएका छन्।
-हिस