मन्दिरको दान पेटीमा १०० करोडको चेक भेटेपछि…

00-1-A-100-Crore-Cheque.jpeg

नयाँ दिल्ली: मन्दिर आस्था र विश्वासको ठाउँ हो। मानिसहरू मन्दिरमा गएर भक्तिपूर्वक पूजा गर्छन्, त्यसपछि दान दिने भक्तहरू छन्। दान दिनेमध्ये कोही घोषणा गरेर दान गर्ने त कोही गोप्य रुपमा दान गर्ने पनि छन्। गोप्य रूपमा दान गर्ने व्यक्तिले आफ्नो नाम भने खुलाएनन् तर एक व्यक्तिले मन्दिरको दान पेटीमा सय करोडको चेक राखेका छन्। आन्ध्र प्रदेशको विशाखापट्टनमस्थित श्री वराह लक्ष्मी नरसिंह मन्दिरबाट अचम्मको खबर अघि आएको छ। एक भक्तले मन्दिरको दान पेटीमा १०० करोडको चेक जम्मा गरेका थिए। अगस्त २३ मा मन्दिर प्रशासनले चन्दा बाकसमा पैसा गणना गर्न थालेपछि एक कर्मचारीले नोटको थुप्रोमा १०० करोडको चेक फेला पारे। यो देखेर सबै छक्क परे।

कर्मचारीले मन्दिरका वरिष्ठ अधिकृतलाई जानकारी गराएका थिए। यो चेक देखेर उनी पनि छक्क परे। मन्दिर प्रशासनका अधिकारीहरू एमभीपी कालोनीस्थित कोटक ब्यांकको शाखामा पुगेका थिए। चेकबारे ब्यांकका कर्मचारीलाई सोध्दा सबै छक्क परे। मन्दिरलाई १०० करोडको चेक दान गर्ने व्यक्तिको खातामा १७ रुपियाँ मात्र रहेको बताइएको छ। सुनेर सबै अचम्ममा परे, किन कसैले यस्तो काम गरेको होला?  ब्यांकबाट प्राप्त जानकारी अनुसार जुन खाताबाट यो चेक दिइएको हो त्यो खाता बोड्डेपल्ली राधाकृष्णको नाममा रहेको छ। तर, अहिलेसम्म यस विषयमा कुनै किसिमको उजुरी परेको जानकारी आएको छैन। उक्त व्यक्तिले ठट्टा गर्दै यति ठूलो रकमको चेक मन्दिरको दान पेटीमा राखेको अनुमान गरिएको छ। यसैबीच श्री वराह लक्ष्मी नरसिंह मन्दिरको दान पेटीमा भक्तजनले ठूलो मात्रामा दान गरेका छन्। बुधबार भक्तजनले १ करोड ४९ लाख रुपियाँ, ८० ग्राम सुन र १० किलो चाँदी दान गरेका छन्।

About Author

Advertisement