कोलकाताः पश्चिम बंगालका राज्यपाल एवं कुलाधिपति डा. सीवी आनन्द बोस कुलपतिविहीन विश्वविद्यालयहरूको कमान सम्हाल्नेछन्। एक बयानमा राज्यपालले बिहिवार अबेर राति भने, पश्चिम बंगालका धेरै विश्वविद्यालयहरूमा वीसीको पद खाली रहेको देखिएको छ। यी विश्वविद्यालयहरूका छात्रहरूलाई डिग्री प्रमाणपत्र र अन्य दस्तावेजहरू प्राप्त गर्नमा कठिनाईहरूको सामना गर्नपरिरहेछ। यसैले उनले नयाँ अन्तरिम कुलपतिहरूको नियुक्ति हुञ्जेलसम्म यी विश्वविद्यालयहरूमा कुलपतिहरूको कर्तव्यहरूको निर्वहन गर्ने निर्णय लिएका छन्।
छात्रहरूले आफ्नो शिकायत amnesaamne.rajbhavankolkata@gmail.com मा ई-मेल गर्नसक्छन् या फेरि फोन नम्बरमा शान्ति कक्षसित सम्पर्क गर्नसक्छन्। यो नम्बर हो ०३३२२००१६४२। विद्यार्थीहरूले राज्यपालसित राजभवनमा भेट गर्नसक्छन् अथवा जिल्लाहरूको भ्रमण गर्न निस्केको समय जब उनी सर्किट हाउसमा बस्नेछन् त्यहाँ आएर पनि उनीसित भेट गर्नसक्छन्। राज्यपालले छात्रहरूसित भेट गर्नका लागि विश्वविद्यालयहरूको लगातार भ्रमण पनि गर्नेछन्। यसका साथै राजभवनले बयानमा भनेका छन्, डा. राज कुमार कोठारीलाई पश्चिम बंगाल राज्य विश्वविद्यालयको कार्यवाहक कुलपति नियुक्त गरिएको छ।
-हिस