जेयूको छात्र स्वप्नदीप कुण्डूको खूनले रंगिएको टी-शर्ट भेटियो

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पुलिसले जादवपुर विश्वविद्यालयको प्रथम वर्षको छात्र स्वप्नदीप कुण्डूको खूनले रंगिएको टी-शर्ट फेला पारेको छ। कुण्डूको १० अगस्तमा मेन होस्टेलमा ऱ्यागिङ्गपछि मृत्यु भएको थियो। पुलिसले टी-शर्ट फरेन्सिक जॉंचको निम्ति पठाएको छ।

पुलिस अनुसार, खूनले रंगिएको टी-शर्ट महत्वपूर्ण साक्ष्य प्रमाणित हुन सक्छ। आरोपितहरूले टी-शर्टको प्रयोग खून रोक्नको निम्ति गरिएको दाबी गरेका छन्। पुलिसले यस सम्बन्धमा कोर्टमा आफ्नो रिपोर्ट बुझाएको छ। रिपोर्टमा जादवपुर विश्वविद्यालयको मेन होस्टेलका कुल २५ छात्रले नौ अगस्त राति त्यहॉं के भएको थियो भन्ने बयान दर्ता गराएको कुरा उल्लेख छ।

जेयूका तीन छात्र कम्प्यूटर साइन्स इन्जीनियरिङको चौथो वर्षका छात्र सत्यव्रत राय, गणितमा स्नातकोत्तर हिमांग्शु कर्मकार र रसायन विज्ञानमा स्नातकोत्तर एसके नसीम अख्तरलाई अगावै पक्राउ गरिएको छ। उनीहरूले आफ्नो बयानमा प्रथम वर्षका छात्रसॅंग ऱ्यागिङ्ग भएको बताएको छ। उनीहरूले पीड़ितको लुगा फुकालिएको र अप्राकृतिक सम्बन्ध बनाइएको पनि बताएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement