कुचबिहार: पुलिस दिवसको अवसरमा जिल्ला पुलिसको पहलमा कुचबिहारको नेताजी इन्डोर स्टेडियममा सिट एण्ड ड्र प्रतियोगिता आयोजना गरिएको थियो। यस प्रतियोगितामा तीन विधामा २०० भन्दा बढी प्रतियोगीले भाग लिएका थिए। यस कार्यक्रमको उद्घाटनमा कुचबिहार जिल्ला मजिस्ट्रेट पवन काडियानका अलावा पुलिस अधीक्षक सुमित कुमार, अतिरिक्त पुलिस अधीक्षक कुमार सनी राज र अन्य जिल्ला पुलिस अधिकारीहरू उपस्थित थिए।

यसअघि पुलिस दिवसको अवसरमा कुचबिहार जिल्लाका सबै थानाहरूद्वारा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। त्यहाँका विजेता प्रतियोगीहरूले आज यस प्रतियोगितामा भाग लिनेछन्।