कुचबिहार: अखिल भारतीय फर्वार्ड ब्लकले “हरेक घरमा नेताजी” भन्ने नारालाई अगाडि बढाउँदै संगठनलाई मजबुत बनाउने काम सुरु गर्न लागेको छ। आज फरवार्ड ब्लकको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै संगठन महासचिव अक्षय ठाकुरले सो कुरा बताएका हुन्। दीपक सरकार लगायतका नेताहरूको उपस्थिति रहेको थियो। सेप्टेम्बर ३ विद्यार्थी महासंघको सम्मेलन, २२ महिला संगठनको सम्मेलन र अक्टोबर ११ नेताजीको सम्वन्धमा ठूलो कार्यक्रम हुँदैछ। नेताजीप्रति जनताको विश्वास र इमान्दारीलाई ध्यानमा राखी फरवार्ड ब्लकले पार्टीलाई व्यवस्थित र सुदृढ गर्ने कार्यक्रम गर्नेछ।