दिलाराममा हुने फूटबल टुर्नामेण्टको फिक्स्चर जारी

IMG-20230901-WA0135.jpg

१ सेप्टेम्बरः खरसाङ नजिक देवीस्थान स्पोर्टिंग क्लब, दिलारामको आयोजनमा हुने खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको शुरुवाती चरणको आधिकारिक फिक्स्चर जारी गरियो। आउँदो ३ सेप्टेम्बरदेखि शुरु हुने यस टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिनेछ। ग्राम सुधार समिति बीच गाउँको सहयोगमा दिलाराम टी स्टेट फूटबल मैदानमा हुने यस टुर्नामेण्टको उद्घाटन म्याचमा चामलिंग सेभेन र सामार्थ सेभेनबीच भिड़न्त हुनेछ। आयोजक देवीस्थान स्पोर्टिंग क्लबका सचिव मनीष छेत्रीले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement