ऱ्यापर यूएनबी-लाई भोट गर्ने मुख्यमन्त्री तामाङको अपील

गान्तोक: राज्यका कलाकारहरूलाई सहयोग र प्रोत्सहान गर्न सधैं तत्पर रहने मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सङ्गीत क्षेत्रमा “यूएनबी”-को नामले चिनिने ऱ्यापर उगेन नामग्यल भोटियाका परिवाराई आफ्नो सरकारी आवास मिन्तोकगाङमा भेट गरे। उल्लेखनीय छ, ऱ्यापर “यूएनबी” देशको एउटा राष्ट्रिय प्रतियोगिता “इण्डियास गट ट्यालेन्ट” मा एक प्रतियोगी हुन् जसले यस राष्ट्रिय मञ्चमा सिक्किम राज्यलाई प्रतिनिधित्व गरिरहेका छन्।

परिवारका सदस्यहरूसितको भेटघाटको क्रममा मुख्यमन्त्री तामाङले यूएनबी-को कलाकारिताको प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोग गर्ने वचन दए भने राज्यवासीलाई पनि उनको निम्ति भोट गर्ने अपील गरेका छन्। भेटघाट अवधि तादोङ क्षेत्रका विधायक जीटी ढुङ्गेलको पनि विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement